तुलसी निरौला, झापा।
झापा बिर्तामोडका एक व्यक्ति अनलाईन ठगहरुकाे शिकार भएका छन्।
उनी भारतीय टेलिभिजन साेनि च्यानलमा आउने गरेको कार्यक्रम केबिसी अथवा कौन बनेगा करोडपति मार्फत २५ लाख रुपैयाँको चिठ्ठा परेको भन्ने मेसेजकाे विश्वास गर्दा हजाराै रुपैयाँ गुमाउन पुगेका हुन्।

झापा बिर्तामोड ३ सैनिकमोडका फार्मेसी संचालक लयप्रसाद तिवारीले आफूलाई फोनमा स्पेशल मिडियाको सहयोगमा मैसेज र वाट्सएप मार्फत २५ लाख रुपैयाँको चिठ्ठा परेको जानकारी आएको बताए।
उनले भने – ‘म कौन बनेगा करोडपतिबाट बोलेको तपाईले कर क्लियर गर्नको लागि भारतमा भारु १२ हजार २०० पहिले पठाउनु पर्छ र केही डकुमेन्ट जम्मा गर्नु पर्छ ।’ भन्ने उताबाट फोन आएपछि बिर्तामोडको एसबिआई बैंकमार्फत १२ हजार २०० भारु पठाईदिएँ ।त्यसपछि फेरि पठाउन भनेपछि ५ हजार भारु हिसाब मिलानको लागि पठाएँ।
उताबाट फेरि ‘अब तपाईको खातामा पैसा पठाईदिन्छौ ’भने ।बीचमा केही समय अलमल गरी अनेकन बहाना बनाई विभिन्न प्रश्न सोध्दै फकाउँदै ‘अब भारततर्फको प्रोसेस सकियो, नेपाल चितवनमा सम्पर्क गर्नु’ भनेर वाट्सएपको नम्बर आयो । त्यहाँ सम्पर्क गर्दा पैसा नेपालमा आईसकेको र अब नेपालको कर तिर्न २२ हजार रकम पठाउन खाता नम्बर दिए । नत्र पैसा फिर्ता जाने जवाफ दिए ।
बैंक खातामा २२ हजार हाली दिएँ। पछि जानकारी आयो– चितवनबाट काम सकियो । अब तपाईले काठमाडौँ सम्पर्क गर्ने ’ भनी वाट्सएपको नम्बर आयो र २५ लाख रुपैयाँको चेकको फोटो आफ्नो नामको वाट्सएपमा देखाईयो ।
काठमाडौँमा सम्पर्क गर्दा अब फाईनल प्रोसेसको लागि ४० हजार लाग्छ । ‘तपाई आफै आउनु नत्र बैंकमार्फत पठाई दिनु’ भने ।
मैले एकजना काठमाडौँ बस्ने साथीमार्फत यो कुरा काठमाडौँमा बुझीदिन आग्रह गरेँ। साथीले काठमाडौँ पुतलीसडकमा त्यसकाे अफिस नभएको बताएपछि वाट्सएपको नम्बरमा फोन गर्दा फाेन नलागेपछिमात्र म ठगिएको थाहा भयो।
आफू २५ लाख रुपैयाँकाे लाेभमा पर्दा ठूलो रकम गुमाएकाे उनले बताए।
उनले यस्तो मैसेज र वाट्सएप मार्फत २५ लाख रुपैयाँको चिठ्ठा परेको जानकारी आए त्यसको विश्वास नगर्न सबैलाई आग्रह गरेका छन्।

कौन बनेगा करोडपति कार्यक्रमको नक्कल गरिएको ठगीको रुप भएकाले आफ्नो बैंक आईडी पासवर्ड कसैलाई नदिन र यस्ताे मैसेज र वाट्सएप मार्फत चिट्ठाको ‌लाेभमा नफस्न प्रहरीले सबैलाई आग्रह गरेको छ।
त्यस्तै आफ्नो मोबाईलमा जथाभाबी साईट खोलेर क्लिक नगर्न पनि प्रहरीले सबैलाई आग्रह गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय