तुलसी निरौला, झापा
झापा जिल्लामा कोभिड १९ (कोरोना) को नयाँ भेरियन्टको भाइरसका संक्रमितको संख्या दिनहुँ बढिरहेपछि यसबाट आफै बच्न जरुरी रहेको चिकित्सकहरुले बताएका छन् ।
मेची प्रादेशिक अस्पताल भद्रपुरका सुपरिन्टेन्डेन्ट डाक्टर पिताम्वर ठाकुरले अहिलेकाे कोभिड बाट बच्न आफै सचेत नहुँने हो भने जतिबेला जहाँ जो पनि संक्रमित हुन सक्ने बताए।
पहिलो लहरको कोभिड १९ भन्दा अहिले नयाँ भेरियन्टको भाइरसका संक्रमितको संख्या झण्डै ८० देखि ९० प्रतिशतले बढ्ने गरेकाले यसबाट बच्न आफै सचेत र सावधानी अपनाउनुपर्ने उनले बताए।
झापाका अस्पतालमा कोभिड १९ का विरामीको चाप थेग्नै नसक्ने गरी बढ्नुका साथै उपचारमा संलग्न चिकित्सकसहितका स्वास्थ्यकर्मी संक्रमित भएपछि उपचारमा झनै समस्या देखिएको मेची अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डाक्टर पिताम्बर ठाकुरले बताए। अहिले अस्पतालमा कोभिड वार्डको क्षमताभन्दा संक्रमितको दर बढेकाले झनै समस्या देखिएको उनले बताए।
झापा जिल्लामा कोभिड १९ (कोरोना) को नयाँ भेरियन्टको भाइरसका संक्रमितको संख्या बढिरहेको मेची प्रादेशिक अस्पताल भद्रपुरले जनाएको छ।
पहिलो लहरको कोभिड १९ भन्दा अहिले नयाँ भेरियन्टको भाइरसका संक्रमितको संख्या झण्डै ८० देखि ९० प्रतिशतले बढ्ने गरेको बताइएको छ।
मेची अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डाक्टर पिताम्बर ठाकुरका अनुसार अहिले अस्पतालमा कोभिड वार्डको क्षमताभन्दा संक्रमितको दर बढीरहेको छ ।
झापामा संक्रमितको संख्या ६ हजार ६ सय ६७, डिस्चार्ज ४ हजार ६ सय ७४, आइसोलेसनमा १ हजार ८ सय ३९ जना, कुल संक्रमित एन्टिजेन २ सय ५९ जना रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।






