तुलसि निरौला, झापा।
काेराेना संक्रमणको दर बढेर त्यसलाई नियन्त्रण गर्न सरकारले निषेधाज्ञा जारी गरेसँगै कष्टकर जिवन बिताइरहेका बृद्धबृद्धालाई झापा बिर्तामोडका व्यवसायी शत्रुघन राैनियारले खाध्यान्न प्रदान गरेका छन्।
आफ्नो जन्मदिनको अवसर पारेर झापाको बिर्तामोडमा रहेको पराेपकार तथा अनुसन्धान केन्द्रद्वारा सञ्चालित बृद्दाआश्रममा रहेका बृद्धबृद्धाहरुलाई खाद्यान्न सामग्री प्रदान गरेको उनले बताए।
झापामा निषेधाज्ञा जारी भएसँगै भाेकभाेकै बस्न बाध्य बृद्धबृद्धा खाद्यान्न सामग्री पाउँदा खुसी भएका थिए। उनिहरुले व्यवसायी शत्रुघन राैनियारलाई आराेग्यताकाे शुभकामना दिएका थिए।






