आवरउदयपुर,अशोज २८ । कोशी प्रदेश सरकारका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले आज पद तथा गोपनीयताको सपथ लिँदैछन् ।
साथै उनले कांग्रेस र एमालेबाट केही सांसदलाई मन्त्री पनि नियुक्त गर्दैछन् । आफ्नै समर्थनमा मुख्यमन्त्री बनेका कार्कीको सरकारमा सहभागी हुन एमालेले मन्त्री छानिरहेको छ ।
एमाले कोशी संसदीय दलका नेता एवं पूर्वमुख्यमन्त्री हिक्मत कार्कीले सरकारमा कसलाई पठाउने भन्नेबारे मुख्यमन्त्री कार्कीसँग छलफल भइरहेको बताए ।
तर उनले मुख्यमन्त्री कार्की नेतृत्वको सरकारमा माओवादी सहितका दलहरू सहभागी हुने भए भने आफूहरू सरकारमा नजाने बताए।
मुख्यमन्त्री बनाउँदाको सहमति कायम भयो भने सरकारलाई समर्थन पनि रहने र विश्वासको मत पनि दिने उनले बताए ।
नवनियुक्त मुख्यमन्त्री कार्कीले आइतबार दिउँसो २ बजे शपथ लिने कार्यक्रम छ।






