आवरउदयपुर,अशोज ६ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को औपचारिक चीन भ्रमण आजबाट सुरु हुँदैछ ।

प्रधानमन्त्री प्रचण्ड अमेरिकाको न्युयोर्कमा भएको संयुक्त राष्ट्रसंघको ७८औँ महासभामा सहभागी भएर त्यतैबाट सिधै चीन गएका छन् ।

प्रधानमन्त्री प्रचण्ड सुरुमा चीनको हन्जाउमा हुन लागेको १९औँ एसियन खेलको उद्घाटन समारोहमा सहभागी हुनेछन् । एसियन खेल समारोहमा सहभागी भएपछि प्रधानमन्त्री प्रचण्ड बेइजिङ जानेछन् ।

बेइजिङमा उनले चिनियाँ कम्युनिस्ट पार्टीका अन्य नेताहरूसँग पनि भेटवार्ता गर्ने कार्यक्रम छ । परराष्ट्रमन्त्रालयका अनुसार प्रधानमन्त्रीको चीन भ्रमणमा कृषि, स्वास्थ्य, सडक, नाका, जलविद्युत्, व्यापार घाटालगायतका क्षेत्रमा छलफल हुनेछ ।

चीनका राष्ट्रपति सी चिनफिङ नेपाल भ्रमणमा आएको बेला चीनले प्रतिबद्धता व्यक्त गरेका अनुदानका कार्यक्रमलाई पनि एजेन्डमा राखिएको छ ।

भ्रमणको बेला चीनसँगका सीमा नाकाका विषयमा पनि छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।दार्चुला, बझाङ, डोल्पा, गोरखा, संखुवासभा, दोलखालगायतका जिल्लामा रहेका चीनसँगको नाकाहरू वर्गीकरण गरेर बाह्रै महिना चल्ने नाकाहरूलाई त्यहीअनुसार सञ्चालन ल्याइने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

केही एजेन्डा जलस्रोत क्षेत्रसँग सम्बन्धित रहेका छन् । यसमा जलविद्युत् आयोजना र विद्युत् प्रसारण लाइन पर्छन् । सडक निर्माणको विषयमा पनि चीनसँग सहयोग माग्ने तयारी छ ।

सेतीमा फास्ट ट्रयाक बनाउने, हिल्सादेखि सुर्खेतसम्म सडक, नुवाकोटदेखि छहरेसम्म एउटा टनेलको निर्माण, कोदारी राजमार्गको अपग्रेड र पुनर्निर्माण गर्ने विषयमा छलफल हुने बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय