आवरउदयपुर,साउन १० ।
प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले सुन प्रकरणबारे गृहमन्त्री नारायणकाजी श्रेष्ठको जवाफ माग्ने निर्णय गरेको छ ।
बुधबार बानेश्वरस्थित संसद भवनमा बसेको एमाले संसदीय दलको बैठकले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रूपमा भित्रिएको झण्डै सय किलो सुनबारे गृहमन्त्रीको जवाफ माग्ने निर्णय गरेको हो ।
एमाले नेता रघुजी पन्तले सुन ल्याउने मानिस पत्ता लगाएर कानुनी कारबाही गर्नुपर्ने माग राख्ने पार्टीको निर्णय भएको जानकारी दिए । गृहमन्त्रीको जवाफका आधारमा एमालेले थप कदम चाल्ने पनि उनले बताए ।






