आवरउदयपुर,साउन ९
सुदूरपश्चिम प्रदेश सरकारमा नागरिक उन्मुक्ति पार्टी सहभागी नहुने भएको छ ।

केन्द्रीय अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीलाई पत्र पठाउँदै आफूहरु सरकारमा सहभागी नहुने जानकारी गराएकी हुन् ।

भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयको जिम्मेवारी सम्हालेकी श्रेष्ठले पठाएको पत्रमा भनिएको छ –‘पार्टीको केन्द्रको निर्णय र सहमति अनुसार प्रदेश सरकारमा मन्त्रालयको भागवण्डा नमिलेकाले सहभागि नहुने जानकारी गराइन्छ ।’

नागरिक उन्मुक्ति पार्टी मंगलबार प्रदेश सरकारमा सहभागी हुने तयारी गरेको थियो । सोही अनुसार दलको कार्यालयले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीमा रामेश्वर चौधरी र राज्यमन्त्रीमा लक्ष्मण चौधरीको नाम सिफारिस गरेको थियो ।

मन्त्री सिफारिस पछि उन्मुक्ति भित्र असन्तुष्ट प्रदेश सभा सदस्यहरुले नियूक्ति तथा सपथ कार्यक्रम नगर्न मुख्यमन्त्रीसंग अनुरोध गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय