आवरउदयपुर,जेठ २३
नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेकाहरुले बयानका क्रममा नाम पोलेकाहरुमाथि पनि मुद्दा चलाउनुपर्ने माग गरेका छन् ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकाहरुमाथि जिल्ला अदालत काठमाडौंमा जारी थुनछेकको बहसमा सहभागी अधिवक्ताले यस्तो कुरा उठाएका हुन्।
थुनछेक बहसमा जाहेरवालाको तर्फबाट सहभागी अधिवक्ता हरि कट्टेले पक्राउ परेकाहरुले बयानमा पोलेकालाई पनि यो मुद्दाको प्रतिवादी बनाउन माग गरे।
उनले अभियुक्रले बयानमा पोलिएका व्यक्तिहरुलाई पनि अदालतको प्रतिवादी बनाउनुर्ने बताए । उनले भने, ‘बयानमा पोलिएका व्यक्तिहरुलाई पनि ‘जुरिसियल नोटिस’दिएर तत्काल प्रतिवादी कायम गरियोस्।’
यदि यसो गर्न नसकेमा बयानमा पोलिएका भीआईपीहरुदेखि अन्यले पनि उन्मुक्ति पाउन सक्ने उनको भनाइ छ ।
यो प्रकरणमा पक्राउ परेकाहरुले पूर्वगृहमन्त्री रामबहादुर थापा बादल, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख प्रेमकुमार राईसहितको नाम लिएका थिए।






