आवरउदयपुर, अशोज ३
आत्महत्या न्युनिकरणका लागि जिल्ला प्रहरी कार्यालय उदयपुरले विशेष अभियान सुरु गरेको छ । पछिल्लो तीन आर्थिक बर्षमा आत्महत्याका घटना भयाभह बन्दै गएपछि प्रहरीले न्युनिकरणका लागि अभियानको सुरुवात गरेको हो ।
जिल्ला प्रहरी कार्यालयका एसपी ज्ञानेन्द्रप्रसाद फुयाँलका अनुसार आर्थिक बर्ष २०७८/७९ मा ९५ जनाले आत्महत्या गरेका छन् । त्यसमध्ये ६० जना पुरुष, २६ जना महिला र ९ जना बालबालिकाले आत्महत्याको बाटो रोजेका छन् ।
त्यसैगरी चालु आर्थिक बर्षको दुई महिनामा १२ जना पुरुष र ९ जना महिला गरी २१ जनाले ज्यान गुमाईसकेको उनले बताए । प्रहरीको तथ्यांक अनुसार आर्थिक बर्ष २०७८/७९ मा देशभर ५ हजार ९ सय ८३ जनाले आत्महत्या गरेका छन् । जसमध्ये प्रदेश नम्बर १ मा १ हजार ४ सय ८९ जना रहेको एसपी फुयाँलले बताए ।
उनले भने, ‘प्रहरीले आर्थिक बर्ष २०७८/७९ मा १ सय १३ जना, र चालु आवमा २७ जनालाई आत्महत्याको प्रयासबाट जोगाइ समुदायमा पुर्नस्थापना गरिएको छ । आत्महत्या प्रयास रोकिएकाहरुको अवश्था बुझ्दा समाज, घरपरिवारको व्यवस्थापन गर्न नसक्नु, मानसिक दरिद्रता प्रमुखकारण रहेको उनले बताए ।
अभियान अन्र्तगत प्रहरीले समुदाय साझेदार कार्यक्रम अन्र्तगत स्थानीय तहसँगको समन्वयमा समुदाय, बिद्यालय स्तर तथा गाउँघरमा सचेतनामुलक कार्यक्रम सञ्चालन गरिने जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी राकेश पोद्धारले बताए ।
प्रहरीले आत्महत्या रोकथाम तथा न्युनिकरणको श्लोगन राखी जिल्लाभर अभियान सञ्चालन गरिने उनले बताए । उनकाअनुसार पहिलोचरणमा प्रचापम्प्लेटमार्फत बिद्यालय, समुदाय र गाउँघरमा कक्षाहरु सञ्चालन गरिने र दोस्रोचरणमा अवश्था हेरी मनोपरामर्श, उपचार पद्धतीका बारेमा जानकारी गराईने छ ।
अभियानको आईतबार औपचारिकरुपमा उद्घाटन गर्दै जिल्ला समन्वय समितिका प्रमुख गौरबहादुर विश्वकर्माले समस्याको खुलेर छलफल गर्न नसक्दा आत्महत्याको बाटो रोज्न बाध्य भएको बताए । उनले भने, ‘छलफलबाट समाधान निस्कने बिषयमा पनि एकआपसमा छलफल हुन नसक्नु कारक हो ।
त्रियुगा नगरपालिकाका मेयर बसन्तकुमार बस्नेतले भ्रष्टचार, विभेद्, नैतिकशिक्षको कमीले पनि आत्महत्याको घटना बढ्को बताए । उनले आगामी बर्ष आत्महत्या न्युनिकरणका लागि नगरपालिकाले समयमा नै विशेष योजना अघि सार्ने बताए । त्रियुगा नगरपालिकाका उपमेयर महेश्वरी राईले विकराल बन्दै गएको आत्महत्यालाई सबै मिलेर नरोक्ने हो भने अवश्था अझ भयाभह हुन सक्ने संकेत गरिन् ।
उनले बेलैदेखि रोकथाम एवं नियन्त्रणका लागि नगरपालिका समन्वय गर्न तयार रहेको बताईन् । प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले मानिसको जीवन अमूल्य छ तर त्यसको उचित व्यवस्थापन गर्न नसक्नु कमजोरी भएको बताए । उनले सुन्दर जीवन अनाहाकमा खेर फाल्न हुँदैन भनेर मान्छेलाई सचेत गराउनु सबैको दायित्व भएको बताए ।
नेपाल पत्रकार महासंघका अध्यक्ष भरत खड्काले असफलता, बेरोजगारी, गरिबी, लागुऔषधको दुव्र्यसन, मदिरा सेवनका आत्महत्याको प्रमुख कारक भएको बताए । उनले त्यस्ता कार्यलाई निरुत्साही गर्दै सुन्दर जीवनको कल्पना गर्न अभियानबाट सहयोग पुर्याउनु पर्ने बताए ।
गैसस महासंघका अध्यक्ष सृजना पौड्ेलले मानिसको व्यवहारमा परिवर्तन ल्याएर स्वास्थ्य जीवन शैली अपनाउँदै सामाजिक जीवनलाई सुन्दर बनाउनतर्फ अभियान केन्द्रित हुनु पर्ने बताईन् । उनले न्युनिकरणका लागि गैसस महासंघ सहकार्य गर्न तयार रहेको बताए ।
डिएसपी पोद्धारले आत्महत्या रोकथामका लागि अभियान सञ्चालन गर्ने क्रममा कुनै मानसिक समस्या देखिएमा मनोचिकित्सकबाट काउन्सिलिङ गराउनुपर्छ भन्ने विषयलाई प्राथमिकताका साथ उठाइने उनले बताए । प्रहरीको अनुसन्धानले असफलता, बेरोजगारी, गरिबी, नाकारात्मक सोच, लागुऔषधको दुव्र्यसन, मदिरा सेवन, महत्वकांक्षा, प्रेममा धोका, सामाजिक सञ्जालको दुरुपयोग, छुवाछूत एवं अपहेलना, तनावपूणर् घटना, कमजोर जीवन शैली, पारिवारिक कलह, अरुको सिको, अत्यधिक चिन्ता, अवैध गर्भधारण, बालबालिकालाई अभिभावकको बेवास्ता, वृद्धवृद्धामा उचित हेरचाहको कमी लगायतका कारणले आत्महत्या गर्ने क्रम बढेको देखाउँछ
डिएसपी पोद्धारले समुदाय-प्रहरी साझेदारी कार्यक्रमलाई पनि अभियानसँग जोडेर लगिने बताए । आत्महत्या रोक्न घरपरिवार र साथीभाइको भूमिका पनि उत्तिकै महत्वपूणर् हुने उनले बताए । उनका अनुसार भविष्यका बारेमा निराशाका कुरा गर्ने, आफैँप्रति घृणायुक्त कुरा गर्ने, एक्लै बस्न रुचाउने, परिवारका सदस्य तथा साथीभाइबाट टाढा बस्ने, अप्रत्याशीत रूपमा छटपटी हुने, व्यक्तिको हाउभाउ एवं व्यवहार तथा सामाजिक सञ्जालमा नैराश्यजनक स्टाटस लेख्ने आदि आत्महत्याका पूर्वसंकेतहरु भएको बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय