हिमाल राई
बराहक्षेत्र नगर पालिका वडा नं १ बस्ने अति बिपन्न, असक्त अपाङ्ग तथा असहाय झ्याल बुट्टेलाई लायन्स क्लब अफ धरान बुढासुब्बा र पाथीभराको समन्वयमा
नगद रुपैयाँ तथा खाद्यान्न सामग्री उपलब्ध गराइएको छ ।
हाल अस्ट्रेलियामा बसोबास गर्ने मनकारी आश्विनी शर्माले आफ्नो जन्मदिनको अवसरमा उक्त रकम १ निवासी अति बिपन्न, असक्त,अपाङ्ग तथा असहाय कृष्णकुमार माङपाङ राई (झ्यालबुट्टे) लाई नगद १० हजार तथा खाद्यन्न सामाग्री प्रदान गरेको छ।
दैनिक रिक्सा चलाएर आफ्नो जिवन यापन गर्दै आएका कृष्ण कुमार विगत लामो समय देखि प्यारालाईसीस रोगबाट सरिरको देब्रो पाटो चल्न छाडे पछि उनको परिवारमा अार्थिक समस्यामा परी रहेको थियो।
एक श्रीमती तथा दुई नाबालक छोराहरू रहेका छन्।
बस्ने ठाउँ(घरको) समेत अभाव भए पछि स्थानीय समाजसेवी रन्जित लोहनी लगायतको पहलमा राईको परिवारलाई बस्न लायक घर बनाइ दिएका थिए।
यस अधि किरात राई यायोक्खा बराहक्षेत्र वडा नं १-२ तथा विर माया फाउण्डेशन लगायत सामाजिक सध सस्थाहरुले नगद तथा खाध्यान्न सामाग्रीहरू उपलब्ध गराएका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर