हिमाल राई बराहक्षेत्र
खारखोला युवा क्लबको आयोजनामा एक दिवसीय फुटबल आज सम्पन्न भएको छ।
बराहक्षेत्र वार्ड नं १ स्थित खेल मैदान १८ टिमको सहभागिता रहेको कुरा आयोजक समितिका अध्यक्ष सुमन कार्कीले जानकारी दिए।
आयोजक खारखोला युवा क्लब तथा दोर्जे फुटबल क्लब धरान १३ बिझ भएको ५० मिनेटको फाइन खेलमा दोर्जे फुटबल क्लबले मध्यान्तर अगाडि २ गोलले अग्रता लिएको थियो।
मध्यन्तर पछि खारखोला युवा क्लबले १ फर्काए पनि जितको नजिक पुग्न सकेन।
दोर्जे फुटबल क्लबले २ गोलले जित हासिल गरेको छ।
नगद रुपैयाँ २० हजार राशीको प्रथम पुरस्कार बडा नं १ का वडा अध्यक्ष सुरेश श्रेष्ठले दोर्जे फुटबल क्लबलाई वितरण गरेका थिए भने दोस्रो पुरस्कार नगद रुपैयाँ १० हजार सशस्त्र प्रहरी बल चतराका इनिस्पेक्टर रामेश्वर ढकालले खारखोला युवा क्लबलाई वितरण गरेका थिए।
प्रथम पुरस्कार वडा नं १ का वडा अध्यक्ष सुरेश श्रेष्ठ, स्थानीय समाजसेवी मित्र थापा मगर तथा युबराज श्रेष्ठले प्रायोजन गरेको थिएँ।

प्रतिक्रिया

सम्बन्धित खवर