आवरउदयपुर कार्तिक १ ।
“स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने नाराका साथ त्रियुगा नगरपालिका–७ मा वडास्तरिय फुटबल प्रतियोगिता आजबाट सुरु भएको छ।
कार्यक्रमको उद्घाटन त्रियुगा नगरपालिकाकी उप–प्रमुख महेस्वरी राईको प्रमुख आतिथ्यतामा सम्पन्न भयो।
उक्त प्रतियोगिता त्रियुगा–७ वडा कार्यालयको आर्थिक सहयोग र खेलकुद विकास समिति, त्रियुगा–७ को आयोजनामा गोहिया चिसापानी खेलमैदानमा सुरु गरिएको हो।
उद्घाटन समारोहमा बोल्दै प्रमुख अतिथि राईले खेलकुदमा गरिएको लगानी कहिल्यै खेर नजाने उल्लेख गर्दै भन्नुभयो,
“खेलकुदले युवालाई सक्रिय, अनुशासित र जिम्मेवार नागरिक बनाउन मद्दत गर्छ।”
उनले ७ नम्बर वडाको मात्र नभई सिंगो त्रियुगा नगरपालिकाको भाग्य र भविष्य निर्माणमा यहाँका युवाहरूको योगदान महत्वपूर्ण रहेको पनि बताउनु भयो।






