आवरउदयपुर-असोज २५
ओरेक नेपाल (OREC Nepal) उदयपुरको ३५औं वार्षिक साधारणसभा तथा १७औं अधिवेशन सम्पन्न भएको छ। अधिवेशनबाट सबिता पोखरेल पुनः निर्विरोध अध्यक्ष निर्वाचित भएकी छन्।

संस्थाले विगतदेखि नै लैङ्गिक हिंसा विरुद्धका अभियान, सिपमूलक तालिमहरू र महिलाहरूलाई आत्मनिर्भर बनाउने कार्यक्रमहरू सञ्चालन गर्दै आएको जनाएको छ।

अध्यक्ष पोखरेलले पदभार ग्रहणपछि संस्थाको कार्यक्षेत्रलाई अझ विस्तार गर्दै ग्रामीण महिलाहरूको आर्थिक सशक्तीकरण र सामाजिक न्यायको पक्षमा प्रभावकारी कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन्।

कार्यक्रममा संस्थाका पदाधिकारी, सदस्यहरू, स्थानीय निकायका प्रतिनिधि तथा विभिन्न महिला समूहका प्रतिनिधिहरूको उपस्थिती रहेको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय