आवरउदयपुर-असोज २५
सुनसरीको रामधुनी नगरपालिका–२ कर्मनिया टोलमा सिटी सफारी चालकको अज्ञात समूहद्वारा हत्या भएको छ।

शनिबार साँझ करिब ५ बजे स्थानीय ४७ वर्षीय दिनेशकुमार चौधरी आफ्नै सिटी सफारीसहित रगताम्य अवस्थामा सडकछेउमा फेला परेका थिए। चौधरीको शरीरमा गहिरा चोटहरू भेटिएको र गोली प्रहारको आशंका गरिएको भए पनि घटनास्थलमा गोलीको खोका नपाइएकाले यसबारे पुष्टि हुन बाँकी रहेको प्रहरीले जनाएको छ।

घटनापछि चौधरीको शवको पोष्टमार्टम बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा भइरहेको छ।

घटनाको प्रारम्भिक अनुसन्धान जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी योगराज खतिवडा र एसपी केशवकुमार थेबे नेतृत्वको टोलीले गरिरहेको छ।

यो घटनाले स्थानीय क्षेत्रमा सुरक्षा व्यवस्थाप्रति प्रश्न उठाएको छ। पोष्टमार्टम रिपोर्ट र थप अनुसन्धानपछि मात्रै हत्याको वास्तविक कारण र अपराधीबारे स्पष्टता आउने प्रहरीले जनाएको छ।
तस्बिर-प्रेम देवान

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय