आवरउदयपुर-असोज २५ ।
हालैको बाढी र पहिरोबाट प्रभावित स्थानीयवासीलाई राहत तथा पुनःस्थापनको काम नगरपालिकाले नगरेको आरोप लगाउँदै इलामका जेनजी युवाहरूले देउमाई नगरपालिकाका प्रमुखलाई प्रतीकात्मक “राहत” पुर्याएका छन्।

यो गतिविधि व्यङ्ग्यात्मक चेतावनीस्वरूप गरिएको हो। युवाहरूले विपत्तिको समयमा पहिलो प्राथमिकता उद्धार, त्यसपछि राहत र अन्ततः पुनःस्थापन हुने स्पष्ट सन्देश दिएको बताए। उनीहरूका अनुसार अहिले पुनःस्थापनको चरण भएकाले कुनै पनि बहानामा ढिलाइ नगरपालिकाले गर्नु नहुने चेतावनी दिइएको हो।

स्थानीय सरकार राहत तथा पुनःस्थापनमा सक्रिय देखिनुपर्ने माग गर्दै जेनजी युवाहरूले नगरपालिकालाई तत्काल प्रभावित क्षेत्रमा ध्यान दिन आग्रह गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय