आवरउदयपुर,मंसिर १६ । स्थानीय तह उपनिर्वाचनमा बिहान साढे ११ बजेसम्म ३० प्रतिशत मत खसेको छ ।

निर्वाचन आयोगका अनुसार आइतबार बिहान साढे ११ बजेसम्म ३० प्रतिशत हाराहारीमा मत खसेको हो ।

देशभरका ४१ स्थानका मतदान भइरहेको छ। नगरपालिका प्रमुख एक, उपप्रमुख एक, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार र वडाध्यक्ष ३३ गरी ४१ पदका लागि मतदान भइरहेको हो।

तीन स्थानीय तहमा यसअघि नै निर्विरोध निर्वाचित भइसकेका छन्। उपनिर्वाचनमा १६२ मतदान स्थल, २९३ केन्द्र तोकिएका छन्। यो उपनिर्वाचनका लागि २ लाख २६ हजार ७ सय ९९ मतदाता छन्।

कीर्तिपुर नगरपालिका मेयरका लागि बिहान ११ बजेसम्म ६ हजार १६० मत खसेको छ। मतदान साँझ ५ बजेसम्म मतदानको समय तोकिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय