भुवन श्रेष्ठ,कार्तिक २७।

उनको खुशी मलाई मनपर्छ,

उनी मुस्कुराएको र हाँसेको मनपर्छ ।

मनपर्छ जनवादी गीत गाएको,

मनपर्छ समानताकालागि नाचेको ।

मलाई त्यस्तो उनी खुब मनपर्छ ।

समताको लागि उनीको विद्रोहको क्रोध मनपर्छ,

न्यायकालागि अन्याय माथिको आक्रमकता मनपर्छ ।

“मेरो शरीर मेरो अधिकार” भन्ने हिम्मत मनपर्छ,

शाहसको पंख खोलेर स्वतन्त्रताको उडान भरेको मनपर्छ ।

मलाई त्यस्तो उनी खुब मनपर्छ ।

डिक्टेटरसिप अफ उमनका लागि खेलेको मनपर्छ,

खेलमैदान भित्र पसिनाले लपक्क भिजेको मनपर्छ ।

पितृसत्ता विरूद्धको लडाइँ लडिरहेको मनपर्छ,

बन्दोबस्तीका सामान, गोली र हतियार बोकेको मनपर्छ ।

मलाई त्यस्तो उनी खुब मनपर्छ ।

उनी हाँसेको, नाचेको अनि गाएको खुब मनपर्छ ।

उनीको क्रोध, आक्रमकता, हिम्मत र उडान मनपर्छ ।

उनीको खेल, भिजेको शरीर र हतियार बोकेको मनपर्छ ।

उनीले जितेको मेडल, तक्मा र लगाएको बर्दी जर्सी मनपर्छ ।

मलाई त्यस्तो उनी खुब मनपर्छ ।

जीवन जगत बुझाउने दार्शनिक उनी मनपर्छ ।

करूणा र मानवता बुझाउने आङी उनी मनपर्छ ।

संतान सँगै ज्ञान उत्पादन गर्ने बौद्धिक उनी मनपर्छ ।

जहाज उडाउने, घोडा दौडाउने वीर उनी मनपर्छ ।

मलाई त्यस्तो उनी खुब मनपर्छ ।

न्यायपालिकामा न्यायको आसनमा उनी मनपर्छ।

व्यवस्थापिका संसद भित्र नीतिको भाषणमा मनपर्छ ।

कार्यपालिकाको सत्ता सरकारको शासनमा मनपर्छ ।

पितृसत्तालाई प्रश्न सोध्ने प्रेस जागरुक उनी मनपर्छ ।

मलाई त्यस्तो उनी खुब मनपर्छ ।

उनीले विज्ञान र दर्शन बोलेको, बुझाएको मनपर्छ ।

उनीले बौद्धिकता र वीरता देखाएको खुब मनपर्छ ।

उनीले आसनमा, भाषणमा र शासनमा दिएको मनपर्छ ।

विश्वसमाजलाई सुसूचित गराईरहेको उनी मनपर्छ ।

मलाई त्यस्तो उनी खुब मनपर्छ ।

उनीको समानता, समता, अधिकार र स्वतन्त्रता खुब मनपर्छ ।

मलाई उनीको द्वन्द्ववादी चेतना र स्वभावमा उनी खुब मन पर्छ ।

उनी मलाई खुब मनपर्छ ।

मलाई त्यस्तो उनी खुब मनपर्छ ।।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय