उदयपुर २०७७ फागुन २२
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)संघीय निर्वाचन क्षेत्र न २ को पहिलो वैठक हिजो २१ गते कटारीमा सम्पन्न भएको छ।वैठक क्षेत्रीय संयोजक एबिराज राइको संयोजकत्वमा नेकपा जिल्ला अध्यक्ष दिवस कट्वाल (दिवस)को प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो|
उदयपुर जिल्लाको क्षेत्र २ अन्तर्गत कटारी नगरपालिका,ताप्ली गाउँपालिका,उदयपुरगढी गाउँपालिका,रौतामाइ गाउँपालिका र लिम्चुङ्गबुङ्ग गाउँपालिका रहेको छ।नेपाल कम्युनिस्ट पार्टी संघिय क्षेत्र २ मा बाकी रहेका युवा,महिला,बिधार्थी,दलित,मजदुर लगाएत अन्य भात्री संगठनलाई तिब्र रुपमा गठन गरि पूर्णता दिने साथै जनताको घरदैलोमा गइ प्रतक्ष समस्याको साझेदारी भै जनताको मर्म र भावनाको कदर गरि हातेमालो गर्दै समस्याको समाधान गर्न लागि पर्ने संयोजक एबिराज राइले बताए|
नेकपा जिल्ला कमिटी सचीव इस्वरमणि राउत,नेकपा प्रदेश कमिटी सदस्य अम्बर रायमाझी,केपि बराल,संघीय क्षेत्र १ को संयोजक टेक राउत को उपस्थिति मा संचालित वैठकमा ५ वटै स्थानीय तहका पार्टि इन्चार्ज उदयपुरगढी गाउँपालिका इन्चार्ज देब गिरि,ताप्ली गाउँपालिका गुरुमणी पोख्रेल,कटारी नगरपालिका इन्चार्ज मणि सुन्दर श्रेष्ठ ,लिम्चुङ्ग्बुङ्ग गाउँपालिका इन्चार्ज कृष्ण निरौला,रौतामाइ गाउँपालिका इन्चार्ज कैलाश बस्नेतले आफ्नो पार्टी कमिटी को बारेमा रिपोर्टिङ गरेका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर