आवरउदयपुर,भदौ २७ । प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा उनीहरुबीच भेटवार्ता भएको हो। नेताहरुबीच अहिले बालुवाटारमा भेटवार्ता भइरहेको छ ।
उनीहरूबीच संवैधानिक परिषद्को बैठकका लागि परामर्श भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । संवैधानिक परिषद्को बैठक भोलि बस्दैछ।
बुधबार पाँच बजेलाई बैठक आह्वान भएकोमा प्रमुख प्रतिपक्षी लगायत दलसँग परामर्श गर्नुपर्ने भएकाले सारिएको थियो।
प्रतिनिधिसभामा ‘हिंसा’ शब्दलाई लिएर माओवादी र एमालेबीच केही दिनयता सदनमा आरोप-प्रत्यारोप चलिरहेको छ ।
यही कारण प्रतिनिधिसभा बैठक ३१ गतेसम्मका लागि स्थगित गरिएको छ । सत्तारुढ एमाले र नेपाली कांग्रेसले उपसभामुखलाई हटाउने तयारी गरेका बेला तीन दलका शीर्ष नेताबीच भेटवार्ता भएको हो ।