आवरउदयपुर,भदौ २६ । नेकपा माओवादी केन्द्रको अवरोधपछि प्रतिनिधिसभाको बैठक भदौ ३० गतेसम्मका लागि स्थगित भएको छ ।
सभामुख देवराज घिमिरेले सांसदहरूबाट सभा सञ्चालनमा सहयोग नभएको भन्दै बैठक स्थगित गरेका हुन्।
सभामुख घिमिरेले माओवादी हिंसा भन्ने शब्द असंसदीय नभएको भन्दै संसदको रेकर्डबाट हटाउन नपर्ने जानकारी गराएका थिए ।
त्यसपछि माओवादी सांसदले उठेर सभामुखको उक्त निर्णयप्रति आपत्ति जनाए।
बैठकमा एमाले र माओवादी सांसदबीच चर्काचर्की भएपछि भदौ ३० गतेसम्म संसद स्थगित गरिएको छ ।