आवरउदपुर,भदौ २५ ।कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीले अनशन बस्ने क्षेत्रलाई निषेधित क्षेत्र तोकिएको छ ।

पूर्वमुख्यमन्त्री कार्कीले प्रदेश सरकारविरूद्ध अनसन बस्ने घोषणा गरेपछि स्थानीय प्रशासनले विराटनगरका केही क्षेत्रलाई निधेषित क्षेत्र घोषणा गरेको हो।

पूर्वमुख्यमन्त्री कार्कीले आज दिउँसो ४ बजे प्रदेशसभा सचिवालय परिसरमा अनशन बस्ने घोषणा गरेका थिए ।

प्रदेशसभा सचिवालय आसपास देवकोटा चोकदेखि अस्पताल चोकसम्म, मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय आसपास, मुख्यमन्त्री निवासको ३०० मिटर वरपर, प्रदेश प्रमुखको कार्यालय र निवास आसपास ३०० मिटर र जिल्ला प्रशासन कार्यालय आसपास निषेधित क्षेत्र घोषणा गरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

आफ्नो कार्यकालमा लागू गरिएका केही कल्याणकारी योजना वर्तमान मुख्यमन्त्री हिक्मत कार्कीले हटाइदिएको भन्दै पूर्वमुख्यमन्त्री कार्कीले विरोध जनाउदैँ आएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय