बेलका उदयपुर, फागुन १६
‘सुरक्षित भविष्यको आधार, सीपबाट स्वरोजगार ‘ मुल नारा सहित बेलका नगरपालिका उद्धम विकास शाखाको आयोजनामा सात दिने हाते पर्स ब्याग बनाउने तालिम आज आईतवार सम्पन्न भएको छ।
बेलका नगरपालिका वडा नं १ आम्बासी का स्थानिय ७ जना महिलाहरुलाई हाते पर्स र ब्याग बनाउने सम्बन्धि पुनर्ताजगी तालिमको प्रदेश नं १ का माननिय अम्बिका थापाले आज समापन गर्नु भएको हो।
माननिय थापाले कार्यक्रमको समापन गर्नु हुदै नगरको बिकासमा कोही पनि पक्ष प्रतिपक्ष नभएको आफुले पाएको बताउदै सबैले सामुहिक रुपमा मिलेर अगाडी बढ्नु पर्ने बताए। सांसद थापाले कुनै पनि कार्य गर्न दृढ़ विश्वास हुनु पर्ने बताउदै महिला दिदीबहिनीहरुले पनि सिकेको सिपलाई प्रबर्धन गर्न सामुहिक सहकारीको मोडेलमा जान सकिने बताए।
कार्यक्रममा मेयर दुर्गा कुमार थापा’ स्वस्ती’ ले लघु उद्धमीहरुको क्षमता अभिबृद्धीसंगै आर्थिक सहयोग तथा उत्पादित सामाग्रीको बजारीकरणमा बेलका नगरपालिकाले सहयोग गरिरहेको बताए। मेयर थापाले उद्धमीहरुको लागि नगरपालिका आफै बैंकमा ज़मानी बसेर क़र्ज़ा उपलव्ध गराउन थालेको समेत बताए।
उपमेयर राजकुमारी चौधरीले महिला उद्धमीहरुको लागि व्यवसाय दर्तामा ५० प्रतिसत नगरपालिकाले छुट सुबिधा उपलब्ध गराएको बताउदै एकल रुपमा सम्भव नभए सामुहिक रुपमा भएपनि व्यावसाय दर्ता गरेर अगाडी बढ्न सुझाब दिईन्।
कार्यक्रममा वडा नं १ का वडाध्यक्ष दिनेश्वर प्रसाद चौधरीले सिकेको सिपलाई रोजगारसंग जोड्नु पर्ने बताउदै व्यावसाय संचालनमा नगरपालिकाले आवश्यक सहयोग गर्ने बताए।
कार्यक्रममा नेपाली कॉग्रेसका नेता तथा युवा उद्धमी असोक कार्की , बेलका नगर प्रेस संयोजक ललित राई , उद्धम बिकास अधिकृत ज़ीरा राई लगायतले सहभागीहरुलाई व्यावसायिक सफलताको शुभकामना दिएका थिए।कार्यक्रममा तालिममा सहभागीहरुले अतिथीहरुलाई आफुले तालिममा सिकेर तयार गरेका सामाग्रीहरु हाते झोला, पर्स, लगायतका सामाग्री कोसेली स्वरुप प्रदान गरेका थिए।कार्यक्रममा सहभागी याम कुमारी आचार्य दुलालले तालिमबाट धेरै कुरा सिकेको र सामाग्री उत्पादन गर्न सकिने भए पनि बजारीकरणमा नगरपालिकाले सहयोग गर्नु पर्ने बताईन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय