
आवरउदयपुर,२०८१-साउन २
उदयपुर जिल्लाको लिम्चुङवुङ गाउँपालिका वडा नं ३ ले ॰८०,०८१ को कार्य सम्पादनमा उत्कृष्ट ३ जना महिला स्वयमसेविकालाई सम्मान गरेको छ।मातृ मृत्यूदर र शिशु मृत्युदर घटाउन स्वास्थ्य संस्थालाई अव्वल वनाउन महत्वपुर्ण जगको भुमिकामा रहि काम गरेको भन्दै अझैवढी राम्रो काम गर्न र जनताको हितमा २४ सै घण्टा तैनाथ रहनको लागि उच्च मनोवल वढाउन सम्मान गरेको वडाअध्यक्ष गुरुमणि कुमाईले जानकारी दिनुभयो।
सम्मानित हुनेहरुमा अप्सरा खत्री पहिलो रु.५०००,अन्तमाया मगर दोश्रो रु.४०००,गोमा भुजेल तेश्रो रु.३००० ले सम्मानित भएको हो।स्वास्थ संस्थामा सुत्केरी गराउन ल्याय वापत जनहि रु.५०० सयको दरले दिनेगरेको र।आफ्नो वडावासिलाई जति सक्दो धेरै सेवा दिन कसरी हुन्छ आफु दिनरात लाग्ने अध्यक्ष कुमाईको भनाई छ।