आवरउदयपुर-असार २६ गंगा राई
उदयपुर जिल्लाको कटारी नगरपालिका वडा नम्वर ३ मा हालै राखिएको गौतम वुद्व को मुर्ति छोपिएको छ।शान्तीको अग्रदुत गौतमवुद्व को मुर्ति मदन भण्डारीराजमार्ग र सिद्विचरण राजमार्गले छोएको कटारी वजार प्रवेशद्वार मा अवस्थित मुर्तिको वनावट र अनुहार नमिलेको भन्दै चौतर्फि आलोचना हुनथालेपछि हाल छोपेर राखिएको स्थानियले जानकारी दिएका छन्। ९ लाख ९० हजार को लागतमा वनेको मुर्ति गौतमवुद्व संग कहिकतै नमिल्ने भएपछि बिभिन्न सामाजिक संजालमा विरोध मात्र नभएर वुद्वको अपमान भएको समेत टिका टिप्पणि हुन थालेको छ।
-यो पनि पढ्नुहोस्
सोहि मुर्तिको विषयमा कटारी नगरपालिका ३ वडाअध्यक्ष पुष्कर खड्का का अनुसार काम सम्पन्न नभई सकेको वताउनु भएको छ।ल्याएर राख्ने काम मात्र भएको र काम सम्पन्न र मुर्तिको स्वरुप पुर्णरुपमा तयार हुन अझै ८ देखि १० दिन लाग्ने र काम सम्पन्न भएपछि मात्र जिम्मालिने वाहाको भनाई छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय