आवरउदयपुर,असार १२। नेपाली बजारमा आज सुन र चाँदीको मूल्य घटेको छ।

मंगलबार स्थिर रहेको सुनको भाउ आज प्रतितोला सात सय रूपैयाँले घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४१ हजार छ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४० हजार नौ सय रूपैयाँमा कारोबार भइरहेको छ।

मंगलबार छापावाल सुन प्रतितोला एक लाख ४२ हजार तीन सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४१ हजार छ सय रूपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, बुधबार चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला १७ सय ९० रूपैयाँमा कारोबार भइरहेको छ।

मंगलबार चाँदी प्रतितोला १८ सय १५ रूपैयाँमा कारोबार भएको थियो। मंगलबारको तुलनामा बुधबार चाँदी प्रतितोला २५ रूपैयाँ घटेको हो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय