आवरउदयपुर, जेठ १८ ।
उदयपुर गाईघाटमा एसिड प्रहार र महिला अधिकार सवाल सम्वन्धी एक दिने अन्तरक्रिया तथा छलफल कार्यक्रम भएको छ । छैठौ राष्ट्रिय महिला अधिकार दिवस २०८१ को अवसर पारी एसिड प्रहार र महिला अधिकारको सवालमा जनचेतनामुलक अन्तरक्रिया कार्यक्रम भएको हो ।
कार्यक्रममा महिला अधिकारको सवालमा जनचेतनाको लागी भिडियो प्रदर्शनी गरेको थियो । संघिय सांसद विन्दावासीनी कंसकारको प्रमुख आतिथ्य तथा उदयपुरका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेको विशेष आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा १९७ जना सरोकारवाला सहभागी थिए ।
महिला संघ संस्थामा आवद्ध निकाय महिलाहरुको ब्यापक उपस्थितिमा कार्यक्राम भएको हो । ‘हाम्रो अभियान, आत्मनिर्भर छोरीको सम्मान’ हरेक घर हरेक पालिका हुनु पर्छ साहसी वालिका जस्ता व्यवहारिक नारा सहित अन्तरक्रिया गरिएको हो । कोशी प्रदेश सामाजिक विकास मन्त्रालयको सहयोग, आभासा राष्ट्रिय अभियान र मदिना मञ्जरी नजबुल फाउण्डेसन नेपालको समन्वयनमा कार्यक्रम गरिएको थियो । अन्तरक्रियामा एसिड प्रहार र महिला अधिकारको विषयमा बृहत छलफल गरिएको थियो । कार्यक्रम फाउण्डेशनी अध्यक्ष नजवुल खानको अध्यक्षतामा सम्पन्न भएको थियो ।
यो पनि पढ्नुहोसः
छैठांै राष्ट्रिय महिला अधिकार दिवसको अवसरमा उदयपुरका १० जना महिला तथा किशोरीहरु सम्मानित भएका छन् । हामा्रे अभियान, आत्मानिर्भर छोरीको सम्मान, हरेक घर, हरेकका पालिका हुनुपर्छ साहसी बालिका भन्ने नारासहित सदरमुकाम गाईघाटमा आयोजना भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ उदयपुरकी उपाध्यक्ष गंगा राई, महिला तथा राजनितिक क्षेत्रमा क्रियाशिल रमिला राई, मोतिगडा स्थित त्रियुगा जनता बहुमुखी क्याम्पसकी उपप्रध्यापक यमुना पौडेल रिजाल,बरुवा क्याम्पसकी प्रशासन प्रमुख अधिवक्ता पुष्पाञ्जली झा, हाते होजियारी प्रशिक्षक महिला अधिकारीकर्मी आनन्दवती चौधरी सानु सम्मानित भएका हुन । जस मध्ये रमिला लिम्चुङबुङ गाउँपालिकाकी पुर्वउपाध्यक्ष समेत हुन । यस्तै सम्मानित हुने झा मधेसी समाज उदयपुरकी सक्रिय सदस्य हुन् ।
त्यसैगरी दलित महिला अगुवा अनिता वर्देना, वरिष्ठ मनोविमर्षकर्ता सिएमसी नेपाल अस्पताल उदयपुरका कार्यरत रन्जना ताजपुरिया, जिल्ला प्रहरी कार्यलय उदयपुरकी महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्रमा कार्यरत जवान सिर्जना विक, मुस्लिम किशोरी तथा द्धन्द्धपीडित महिला राष्ट्रिय सञ्जालकी सचिव सुन्नी खातुन सम्मानित भएका छन् ।
कोशी प्रदेश सरकार सामाजिक विकास मन्त्रालयको सहयोग र मदिना मञ्जरी नजवुल फाउण्डेसन नेपालद्धारा आयोजित कार्यक्रममा लैंगिक समानता, समावेशी र मानवअधिकारका लागि हुनै पर्छ । आषणमा महिला,भाषणमा महिला र शासनमा महिला आभाश राष्ट्रिय अभियानलाई विभिन्न समय महत्वपुर्ण योगदान पुर्याउने ब्यक्तिहरुलाई समावेशी रुपमा सम्मानित गरिएको अध्यक्ष नजवुल खानले बताईन । राज्यमा महिलामाथि विभिन्न समय एसिड आक्रमण र घरेलु हिंसालगायतको समस्या बढ्दै गएकोले नीती निमार्ण गर्ने तहसम्म आवाज पुर्याउनु सहभागीहरुले आग्रह गरेका थिए ।
लैंगिक समानता, समावेशी र मानवअधिकारका लागी हुनै पर्छ आशनमा महिला, भाषणमा महिला र शासनमा महिला आभाश राष्ट्रिय अभियानलाई विभिन्न समय महत्वपुर्ण योगदान पुर्याउने ब्यक्तिहरुलाई समावेशी रुपमा सम्मानित गरिएको अध्यक्ष नजवुल खानले बताइन । राज्यमा महिलामाथि विभिन्न समय एसिड आक्रमण र घरेलु हिंसालगायतको समस्या बढ्दै गएकाले नीती निमार्ण गर्ने तहसम्म आवाज पुर्याउनु सहभागीहरुले आग्रह गरेको थियो ।