गंगा राई,उदयपुर,२०८१जेष्ठ ५
उदयपुर जिल्लाको सदरमुकाम गाईघाट स्थित पिपल चौकमा
जिल्ला प्रहरी कार्यलय उदयपुरको आयोजनामा आत्महत्यान्यूनीकरण सम्वन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ।जिल्ला अधिकारी हरी प्रसाद घिमिरेको अध्यक्षता र त्रियुगा नगर प्रमुख वसन्त वस्नेत को प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा १ हजार मानिसले सहभागिता जनाएको थियो।
पछिल्लो समय लागु औषध दुर्व्यसनी र आत्महत्याको समस्या बढ्दै गएको अवस्थामा यस्ता नकारात्मक गतिविधिलाई रोक्न विभिन्न खाले कार्यक्रमहरू आयोजना हुदै आएको छ।
जनप्रतिनिधि,सुरक्षा समितिका पदाधिकारीहरू,पूर्व प्रहरीहरु,अमर प्रहरी परिवारजनहरु,संचारकर्मीहरु,समाजसेवि संघ संस्थाका प्रमूख एवं प्रतिनिधीहरु लगायतको उपस्थितिमा भएको कार्यक्रम प्रभावकारी भएको जनाईएको छ।साथै आयोजक जिल्ला प्रहरी कार्यलय उदयपुरका प्रमुख रमेश थापालाई जिल्लावासीले धन्यवाद प्रकट गरेका छन।
विगत ६ महिना यता जिल्लाप्रहरी कार्यलय उदयपुरले गरेको कामको प्रसंसा मात्र नभएर दुर्व्यसनी को संख्या घट्न थालेपछि हरेक अभिभावकले सुरक्षित अनुभव गर्न थालेको व्यावसायि सुनिता राईले वताएकि छिन्।
सोही कार्यक्रममा आत्महत्या रोकथाम सम्बन्धी सन्देशमुलक भिडियो (Documentary)सडकनाटक,साहित्यिक संस्कृतिक कार्यक्रम समेत प्रदर्शन गरिएको थियो ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय, उदयपुरका प्रहरी नायव उपरीक्षक राजन चापागाईले उदयपुर जिल्लामा आत्महत्याको अवस्था र तथ्यांङ्क सम्बन्धमा प्रस्तुती दिनु भएको थियो।
जिल्ला प्रहरी कार्यलय उदयपुरका प्रहरी उपरीक्षक रमेश थापाले विभिन्न कार्यक्रमको लागी समन्वय र सहयोगको लागी सवै स्थानीयतह,संघ संस्था, समाजसेविलाई धन्यवाद प्रकट गर्दै सबैको साथ सपोर्टले समाजमा भएको नकारात्मक गतिविधिलाई न्यूनिकरण गर्न सकिने वताउनु भयो।साथै आजको कार्यक्रममा सहकार्य गर्ने व्यक्तित्वलाई प्रसंसा पत्र समेत दिईएको थियो।