
आवरउदयपुर वैशाक १७ । बझाङ प्रदेश सभा (१)मा नेकपा एमालेका उम्मेदवार दमन भण्डारीले मतान्तर बढाउँदै लिएका छन् ।
भण्डारीले १० हजार ५६१ मत ल्याएका छन्। उनलाई पछ्याइरहेका नेपाली कांग्रेसका उम्मेदवार अभिषेक सिंहले १० हवार ४७० मत ल्याएका छन्। एमालेका भण्डारी ९१ मतसहित अगाडि छन्।
जिल्लाको तलकोटको १, २ र ३ वडाको मतगणना हुँदा भण्डारीले कांग्रेसका उम्मेदवार अभिषेक सिंहलाईपछि पार्दै ९ मतले अगाडि बढेका थिए। त्यसपछि उनले अग्रता बढाउँदै लिएका हुन् ।
यस्तै माओवादीका जनकबहादुर बुढाले ३ हजार ७२३ र एकीकृत समाजवादीका दिलबहादुर सिंहले २ हजार ४६० मत ल्याएका छन्।
यहाँ यसअघि २०७९ को चुनावमा गठबन्धन गरेर कांग्रेसले चुनाव जितेको थियो।