
आवरउदयपुर,चैत्र २५ ।गण्डकी प्रदेशमा तीन सदस्यीय मन्त्रीमण्डल गठन गर्ने तयारी गरिएको छ ।
आइतबार नियुक्त भएका मुख्यमन्त्री खगराज अधिकारीले नेकपा माओवादी केन्द्रबाट एकजना र स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे)लाई मन्त्री बनाउन लागेका हुन् ।
माओवादीबाट दलका नेता हरिबहादुर चुमान मन्त्री बन्ने तयारीमा रहेको बताइएको छ । उनीहरूको शपथ ग्रहण साढे ३ बजेका लागि तय गरिएको छ ।