आवरउदयपुर,चैत्र २२ । उदयपुर जिल्लाको त्रियुगा नगरपालिकामा मेडिकल कलेज स्थापनाका लागि त्रियुगा का मेअर बसन्त बस्नेत शिक्षा मंन्त्रालय पुगेका छन्।लामो समय देखि उदयपुरमा मेडिकल कलेज स्थापना गर्न अरू नगरपालिका संग होडवाजि जस्तै चलिरहेको वेला वस्नेत मेअर भने मिहिन ढंगले लागि परिरहेका छन्।वस्नेतले आज शिक्षा विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठ संग प्रत्यक्षभेटेर कलेज स्थापनाका लागी आवस्यक कागजात वुझाएका छन्।जिल्लामा एक ठांउमा स्थापना गर्न सकियो भने जिल्लावासिको लागी गौरवको कुरा हो,जिल्लाकै सदरमुकाम त्रियुगा नगरपालिका गाईघाट भएकोले पनि सबैलाई हरेक हिसावले सेन्टर र सहज पर्ने मेअर वस्नेतको भनाई छ।निकै पहिला देखि नै जिल्लाका विभिन्न ठांउहरुमा जग्गा हेर्ने र मन्त्रालयमा कागजातहरू पेश गर्दै आएता पनि अहिले सम्म कहां र कहिले बन्ने भन्ने कुराको टुङ्गो भने लागेको छैन।