उदयपुर २०७७फागुन ११
सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना हुने फैसला गरेको छ । संवैधानिक इजलासमा करिब दुई महिना लामो सुनुवाइपछि सर्वोच्च अदालतले फैसला सुनाएको हो ।
बहस र एमिकस क्युरीको राय फागुन ७ गते सकिएको थियो । त्यसपछि प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराले फैसला कुनै पनि दिन आउन सक्ने बताएका थिए । दुवै पक्षको बहस नोट फागुन १० गते पेस भएको थियो ।
पुस ५ गते मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट प्रतिनिधिसभा विघटन भएको थियो । त्यसका विरुद्ध नेकपाका प्रमुख सचेतक देव गुरुङसहितका सांसदहरूबाहेक अन्य ११ वटा रिट परेका थिए ।