आवरउदयपुर,चैत्र १३ । चैत्र १३ र १४ गते हुने नेपाल कम्युनिष्ट पार्टी (एमाले) को नवौं जिल्ला अधिवेशनको सम्पूर्ण तयारी पुरा भएको छ । पार्टीको वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेलले सदरमुकाम गाईघाटमा उद्घाटन गर्ने अधिवेशनमा ६३२ जनाले प्रतिनिधित्व गर्दैछन् ।
अधिवेशनका लागि जिल्लाका ७५ वटा वडा र २३ वटा जन वर्गीय संगठन र सल्लाहाकरबाट ६ सय ३२ जना प्रतिनिधिको छनौट भईसकेको जिल्ला अध्यक्ष परमेश्वर घिमिरेले बताए । अधिवेशनलाई सम्पन्न गर्न जिम्वेवारी दिइएको १२ वटा उपसमितिहरुले समेत तयारी पुरा भएको जनाएका छन् ।
अध्यक्ष घिमिरेले पार्टी संक्रमणकालिन अवश्थामा नै रहेकाले यस पटक सर्वसहमत नेतृत्व चयन हुने बताए । उनले भने, ‘अन्तिम समयसम्म सर्वसहमतको कोसिस जारी रहन्छ, सहमति हुन नसके लोकतान्त्रिक विधी अपनाईने छ, तर मलाई विश्वास छ निर्वाचन हुँदैन् ।
‘हाम्रो प्रयास सर्वसम्मतको छ, अध्यक्ष मिघिरेले भने, ‘बिचार र नेतृत्वमा हाम्रो कुनै मतभेद छैन निर्विरोध नेतृत्व चयन हुनेमा बिश्वस्त छौ । त्रियुगा नगरपालिका ३ मोतिगडामा हुने अधिवेशनमा एमालेले यसपटक “गतिशिल संगठन, क्रियाशील सदस्य, विकासको संम्बाहक र समाजिक रुपान्तरण नेकपा एमाले” भन्ने मुलनाराका साथ ९ औं अधिवेशन गर्दै छ ।
पार्टी सचिव तथा चौदण्डी नगरपालिकाका मेयर कालुमान लामाले अधिबेशनमा करिव १ हजार पार्टी कार्यकर्ता उपस्थित हुने बताए । उनले कार्यक्रमलाई भव्य बनाउन सकैखाले तयारी पुरा भएको बताए ।
अधिवेशन आयोजक कमिटीका आर्थिक उपसमितिका संयोजक तथा पार्टी सचिब भरतबहादुर थापाले अधिवेशनमा करिव १५ लाख रुपैँया खर्च हुने बताए । उनले मुख्यश्रोत भनेकै प्रतिनिधि शुल्क, जनप्रतिनिधि र राजनीतिक नियुक्ती लिनेहरु रहेको बताए ।
दुई दिनसम्म सञ्चालन हुने प्रतिनिधिको स्वास्थ्यका लागि लागि मेडिकल अधिकृत र एम्बेलेन्स सुबिधा बिस्तार गरिएको स्वास्थ्य उपसमितिका संयोजक तथा त्रियुगा नगरपालिकाका उपमेयर महेश्वरी राईले बताईन् ।
अधिवेशन प्रचार प्रसार उपसमितिका संयोजक भरत खडकाले पर्चापम्प्लेट, व्यानर, झण्डाहरु बजार तथा मुख्य सडकहरुमा राख्ने काम सम्मपन्न भईसकेको बताए । उनले परम्परागत प्रचार रणनीतिलाई फरक बनाउँै अधिकत सामाजिक संजालको प्रयोगबाट पार्टीका कार्यदिशा, गतिविधिहरुलाई जनतासामु पुर्याउने काम भएको बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय