
भावना राई,चैत्र ९।
उदयपुर जिल्लाको जलजलेबाट बनमुद्धामा परी फरार भएको एक व्यक्ति पक्राउ परेको छ ।पक्राउ पर्नेमा त्रियुगा नगरपालिका ६ मोहनपुर वस्ने वर्ष ३३ को दिनेश सदा हुन् ।
इलाका प्रहरी कार्यलय जलजलेबाट खटिएका प्रहरीको टोलीेले पक्राउ गरेको हो ।२०६९/१२/२६ गते जिल्ला अदालत उदयपुरको फैसलाले लागत न.१३६६ वन मुद्धामा १ महिना कैद र रु.११,५,७२ रुपिया जरिवाना तोकेका थिए ।
पक्राउ परेका सदालाई कारवाहीका लागी जिल्ला अदालत उदयपुरमा पठाइएको जिल्ला प्रहरी कार्यलयले जानकारी दिए ।