
आवरउदयपुर,चैत्र ५। कपिलबस्तुमा पक्राउ परेका पूर्व सभामुख कृष्णबहादुर महरालाई काठमाडौं ल्याइएको छ ।
उनलाई यती एयरलाइन्सको विमानमार्फत काठमाडौं ल्याइएको हो । काठमाडौँ ल्याइएसँगै उनलाई केन्द्रीय अनुसन्धान ब्यूरोमा लगिने ब्यूरोका प्रहरी वरिष्ठ उपरीक्षक दिनेश आचार्यले जानकारी दिए ।
भेप प्रकरणमा थप अनुसन्धानका लागी उनलाई म्याद थप गर्न अदालतमा उपस्थित गराउने प्रहरीको तयारी छ ।