उदयपुर,फागुन ११
बेलका नगरपालिकाद्वारा यान्त्रीकरणमा आर्थिक अनुदान सहयोग पाएपछि बेलका नगरपालिका वडा नं ३ का महेश चौधरी यतिबेला यान्त्रिक उद्धमी बनेका छन्।
बेलका नगरपालिकाका नगर प्रमुख दुर्गा कुमार थापा ‘स्वस्ती’ ले नगर पालिकाकाे आर्थिक अनुदान सहयोगमा युवा यान्त्रिक उद्धमी चौधरीले संचालनमा ल्याईएको साईमन ईन्जिनियरीड० वर्कसपको फागुन १० मा उद्घाटनसंगै चौधरी बेलकामा यान्त्रिक उद्धमी बनेका हुन्।
उद्घाटन कार्यक्रममा बोल्दै नगर प्रमुख थापाले काम गर्छु भन्ने लगनसिल उद्धमी लाई नगरपालिकाले ख़ाली हात नराख्ने बताउदै थप व्यावसायिक कार्य संचालन गर्न आर्थिक सहयोगका लागि बैंक संग पनि सस्तो व्याजदरमा स्वरोज़गार ऋण सम्झौताको कार्य अगाडी बढाएको बताए।
नगरपालिकाको ५० प्रतिसत अनुदान सहयोग बराबरको ३ लाख ५० हजार र चौधरीको आफ्नो निजी रकम गरी कुल सातलाख आर्थिक लगानीमा चौधरीले रामपुर बजारमा लेथ मेसिन संचालनमा ल्याएर यान्त्रिक व्यवसायि बनेका हुन्।
मेकानिकल ईन्जिनियरीड०मा प्रमाण पत्र उतिर्ण गरेका युवा उद्धमी चौधरीले साईमन ईन्जिनियरीड० वर्कसप नामॉकन गरि आफ्नो व्यवसाय संचालनमा ल्याएका छन्।
बेलका नगरपालिका को कृषि यन्त्र मर्मत सम्भार अनुदान सहयोग कार्यक्रम अन्तर्गत चौधरीलाई अनुदान सहयोग उपलब्ध गराईएको बेलका नगरका कृषि ईन्जिनियर बुद्धी नाथ तिमिल्सीनाले जानकारी दिए ।
कार्यक्रममा किसान संघ उदयपुरका सभापति शसी सेढाईले बेलका नगरपालिकाले सहि समयमा सहि काम र सही सहयोग गरेको बताए।
कार्यक्रममा बेलका नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत अर्जुन निरौला, प्रशासकिय अधिकृत चेतनाथ गौतम , प्रेस संयोजक ललित राई लगायतको उपस्थिती रहेको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय