गंगा राई,फागुन ३ ।उदयपुरको सदरमुकाम गाईघाटको बरूवा बसपार्कमा संचालन भईरहेको दोश्रो प्रदेश महोत्सवमा ४ गते शुक्रवार नेपाल प्रहरीले लागूऔषध दूर्व्यसनी न्यूनीकरणको कार्यक्रम प्रस्तुत गर्ने भएको छ।पछिल्लो समय यूवाहरू कूलतमा नराम्रो संगले फसिरहेको बेला,लागू औषध ओसारपसार र प्रयोगकर्ता लाई निर्मूल वनाउने उदेश्यले विभिन्न कार्यक्रम गर्दै आएको छ ,जसमध्ये गीतसंगीतको माध्यमबाट पनि निकै कुरा वुझाउन सकिने भएकोले सो कार्यक्रम आयोजना गरीएको जिल्ला प्रहरी कार्यलय उदयपुरका प्रमुख रमेश थापाले जानकारी दिनुभयो।
शुक्रवार हुने कार्यक्रममा लाहुरे नामले परीचित नेपालको चर्चित र्यापर आशिष राना आउने भएका छन्।मेरो सोल्टा,केस नं ४२०,हाउडे,नेफप्को बाटो जस्ता गीतले चिनाएका थिए।पछिल्लो समय यूवाहरूको ढुक्ढुकि नै वनेका नयाॅ कार्यक्रम (ROADIES )को सिजन 5 मा जजको भुमिकावाट प्रख्यात वनेका लाहुरेले आफ्नो गितवाट लागू औषध दूर्व्यसनीमा फस्न नहुने खालका सचेतनामूलक प्रस्तुती दिनेछन्।भने सो कार्यक्रम हेर्नको लागी कुनैपनि शुल्क नलाग्ने आयोजक ले जानकारी दिएका छन्।उदयपुरमा पछिल्लो समय दूर्व्यसनी लाई रोक्नको लागि गरीएको कार्यक्रमहरू निकै प्रभावित वन्दै गएको छ।विधालय,टोलविकास संस्था,सार्वजनिक स्थानमा गरीएको कार्यक्रम लगायत अभिभावक भेटघाट ले अझवढी प्रभावकारी वनेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय