आवरउदपुर,माघ १७ ।उदयपुरको त्रियुगा नगरपालिका १० बोक्सेमा मंगलबारदेखि दोश्रो संस्करणको वडाध्यक्ष गोल्डकप फुटवल प्रतियोगित सुरु भएको छ । प्रतियोगिताको उद्घाटन खेलमा गाईघाट फुटवल क्लव विजयी भएको छ ।
निर्धारित ६० मिटेको खेलमा बसाहा क्लवलाई ३–२ ले पछि पार्दै गाईघाटले जित निकालेको हो । जितसँगै गाईघाटले क्वाटरफाईनलकै खेल २० गते गोलबजार फुटवल क्लवसँग खेल्दैछ ।
खेलको तीन मिनेटमै केवल तामाङले सुन्दर गोल गर्दै खाता खोलेको बसाहाले मध्यान्न पछि एक गोल थप गरेपनि जित निकाल्न सकेन । प्रतिउत्तरमा १२ औँ मिनेटमा गाईघाटका दिवस श्रेष्ठले एक गोल गर्दै खेल बराबरी पुर्याए ।
मध्यान्न अघि बराबरमा टुङिएको खेल पुनः मध्यान्न पछिको २४ औँ मिनेटमा गाईघाटका दिवसले थप एक गोल गर्दै टिमलाई अग्रता दिलाए । लगत्तै ३० औँ मिनेटमा गाईघाटका प्रतिम चौधरीले आकर्षक गोल गर्दै टिमको जित सुनिश्चित गराए । प्रतिउत्तरमा थप गरिएको समयमा बसाहाका सन्जय धिमालले एक गोल गरे ।
सुरुवातीचरणबाटै निकै प्रतिसपर्धा देखिएको खेलमा दुबै तर्फले थुप्रै गोल गर्ने अवसर चुकाए । प्रतियोगिताको म्यान अफ दी म्याच गाईघाटका दिवस श्रेष्ठ घोषित भए । उनलाई नगद दुई हजारले सम्मान गरिएको आयोजक समितिका सदस्य रुपेश मगरले बताए । उनका अनुसार बुधबारको खेल कटारी फुटवल क्लव र इटहरी फुटवल क्लव विच हुने छ ।
विभागिय टिम कोशी प्रदेश प्रहरी रानी मोरङ, सिरहा, सिन्धुली, सुनसरी र उदयपुर गरी १२ वटा टिम सहभागि रहेको प्रतियोगितामा विजेताले एक लाख एक हजार १११ र उपविजेताले ५१ हजार १११ पाउने छ । वडा युवा तथा खेलकुद विकास समितिले आयोजना गरेको प्रतियोगिता वडाध्यक्ष कप अन्र्तगतको उदयपुरकै लागि यो सबैभन्दा ठुलो धनराशीको गोल्डकप हो । यसअघि वडाहरुले सामान्य राशीका वडास्तरीय प्रतियोगिताहरु हुँदै आएका छन् ।
प्रतियोगिताको उद्घाटन गर्दै त्रियुगा नगरपालिकाका मेयर बसन्तकुमार बस्नेतले खेलकुद एउटा इज्जत र गौरवको बिषय भएकाले यसलाई राशी सँग नदाज्न आग्रह गरे । उनले भने, ‘खेलकुदमार्फत स्वस्थ र अनुशासन पछि विकासका पूर्वाधारले गति लिने छन् ।
उनले स्वस्थ समाज निर्माणका लागि खेल क्षेत्र मात्र एउटा उपयुक्त विकल्प भएको बताए । मेयर बस्नेतले पछिल्लो समय युवाहरु लागुऔषधको कुलतमा फस्दा समाज बिग्रदै गएकाले त्यसलाई सहि बाटो डोहोर्याउन पनि खेल क्षेत्रले सहयोग पुग्ने बताए ।
वडाध्यक्ष किरण पाण्डेले राशीलाई बर्षेनी बढाएर लैजाने बताए । उनले भने, ‘यो वडाको सानो वजेटबाट सुरुवात गरेका हौ यसलाई आगामी बर्ष राशी बढाउँदै निरन्तरता दिने लक्ष्य छ ।

प्रतिक्रिया

सम्बन्धित खवर