आवरउदयपुर,पौष २५ । महिला सशक्तिकरण श्रोत केन्द्र उदयपुरले १७ औँ स्थापना दिवसको अवसरमा विविध कार्यक्रमको आयोजना गरेको छ ।
संस्थाको कार्यालय त्रियुगा नगरपालिका ९ राजाबासमा सोमबार महिला सशक्तिकरणमा सामाजिक संघसस्थाको भुमिका, युवा महिला नेतृत्व अवश्यकता, अवसर र पुस्ता हस्तान्तरण अनभव आदानप्रदान, दिपप्रज्वलन लगायतका कार्यक्रम गरी दिवस मनाईएको हो ।
दिवसको अवसरमा संस्थाका अध्यक्ष ज्योति दनुवारले एक विज्ञप्ति जारी गर्दै यात्रामा भेटिएका थुप्रै सारथी, समुदायको माया, विश्वासको सम्मान तथा धन्यवाद व्यक्त गर्दै आगामी दिनमा सामाजिक रुपान्तरणका लागि निरन्तर समानताका आवाजहरु उठाईरहने प्रतिवद्धता जनाएकी छिन् ।
विज्ञप्तिमा भनिएको छ, ‘समुदायको माया विश्वासले हामीलाई अगाडी बढ्न प्रेरणा मिल्यो, अग्रजको साथ र मेन्टरशीपले हामीलाई सधै आत्माविश्वास र साहस जुटायो । स्थानीय सरकार, सरोकारवाला निकाय, र सबै खाले गैरसरकारी संस्थासँगको सहकार्यले हाम्रो सवाललाई थप सशक्त र वलियो बनायो ।
संस्थाले जिल्लाका आठ वटै स्थानीय तहमा ऐरावत युवा महिला संजाल गठन तथा परिचालन गरी युवा महिलाहरुको अगुवाईमा समुदायमा सचेतनामुलक कार्यक्रम सञ्चालन गर्दै आएको कार्यकारी निर्देशक बन्दना दनुवारले बताईन् । समुदायमा क्रियाशिल युवा महिलालाई क्षमता अभिवृद्धिका लागि अन्तरपुस्ता समन्वय, सिपको आदानप्रदान र नेतृत्व प्राप्त भएमा समाजमा स्थापित विभेदकारी मुल्यमान्यता र असमान शक्ति सम्बन्धलाई चुनौती दिन सक्ने उदाहरण बनेको विज्ञप्तिमा उल्लेख छ ।
संस्थाले समुदायका युवा महिलाको नेतृत्व, व्यवस्थापनमा महिलावादी रेडियो संचालनमा ल्याएको दनुवारले बताईन् । महिला ज्ञान, सीप र अनुभवहरु महिलाकै अगुवाईमा समुदायमा पुर्याउने यसका लागि युवा पुस्ताको क्षमता अभिबृद्धि गर्दै अन्तरपुस्ता नेतृत्व विकाससमेत गर्ने उदेश्यले रेडियो सञ्चालनमा ल्याईएको विज्ञप्तिमा उल्लेख छ ।
स्थानीय स्तरमा रहेका मुद्दाहरुको पहिचान तथा उठान गर्दै सिमान्तकृत, पछाडि पारिएका महिला तथा युवा महिलाहरुको सशक्तिकरण तथा हानिकारक परम्परागत मुल्य मान्यता र अभ्यासहरुको अन्त्यको लागि काम गर्ने लक्ष्यकासाथ डा.रेणु अधिकारीको नेतृत्वमा १६ बर्षअघि संस्था दर्ता गरिएको विज्ञप्तिमा जनाईएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय