आवरउदयपुर,पौष १९ । भारतीय विदेशमन्त्री एस जयशंकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन् ।

नेपाल भ्रमणमा रहेका जयशंकरले प्रधानमन्त्रीको सरकारी निवास सिंहदरबार पुगेर प्रधानमन्त्री प्रचण्डलाई भेटेका हुन् ।

भेटका अवसरमा नेपाल भारतबीच कनेक्टीभिटी, जलवायु परिवर्तन असरको न्यूनीकरण र जलविद्युत्को विकासमा सहकार्यका बारेमा छलफल भएको छ ।

जयशंकर परराष्ट्र मन्त्री एनपी साउदको निमन्त्रणमा नेपाल–भारत संयुक्त आयोगको सातौँ बैठकमा सहभागी हुन नेपाल आएका हुन् । उनी भोलिसम्म विभिन्न कार्यक्रममा सहभागी हुने बताइएकाृ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय