आवरउदयपुर,पौष १३ । रोजगार अनुमति प्रणाली (इपिएस)को विषयलाई लिएर प्रर्दशनमा उत्रिएका युवाहरुले मन्त्री को गाडीमा आगजनी गरेका छन् ।
बालकुमारी क्षेत्रमा भइरहेका प्रदर्शनका क्रममा उनीहरुले भौतिक पुर्वधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरेका हुन् ।
उनीहरुले पहिले मन्त्रीको गाडीको हावा फुस्काएका उनीहरुले पछि तोडफोड गर्दै गाडीमा आगजनी गरेका हुन्।
प्रर्दशनका क्रममा उनीहरुले सडक अवरुद्ध गर्दै अन्य सवारीसाधनलाई रोक्नुका साथै सवारी चालकहरुलाई हातपात गरेका छन् ।
केही समययता इपिएसको विषयलाई लिएर संगठित समूह बनेर उनीहरुले पटकपटक इपिएसको कार्यालय अगाडि प्रर्दशन गर्ने गरेका छन् ।
प्रर्दशनको कारण बालकुमारी क्षेत्र वरपर सवारीसाधन संचालन अवरुद्ध भएको छ ।