आवरउदयपुर, मंसिर २५ । उदयपुरको सदरमुकाम गाईघाट स्थित गएराति भएको भिषण आगोलागीबाट करिव अढाई करोड बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यलय उदयपुर जनाएको छ । डिएम गेट छेउको राज अटो पार्टस पसलबाट विधुत सट भई सुरु भएको आगोले १० वटा पसल क्षति भएको मध्ये ५ पसल पुर्ण रुपमा क्षति भएको छ भने ५ वटा पसल आंसिक क्षति भएको छ ।
राज अटो पार्टस पसल पुर्ण रुपमा क्षति भई अन्दाजी ७० लाख, इजिकुल इन्जिनियरिङ सेन्टर अन्दाजी ८ लाख, राम सहनी माछा पसल अन्दाजी १ लाख ५० हजार, महालक्ष्मी अटो पार्टस अन्दाजी ३० लाख, पण्डित पान पसल अन्दाजी ५० लाख यी पसलहरु पुर्ण रुपमा क्षति भएको थियो भने किरण होटल,चांदनी साइकल पसल,शाही होटल, कोशेली घर, नरसिंह अटो सेन्टरमा आंशिक रुपमा क्षति भएको जिल्ला प्रहरी कार्यलय उदयपुरका सुचना अधिकारी प्रहरी नायव उपरीक्षक हरिनन्दन चौधरीले जानकारी दिनु भयो । आगो नियन्त्रण गर्न नेपाल प्रहरी, सशस्त्र प्रहरी वल, त्रियुगा नगरपालिका, चौदण्डी नगरपालिका र रौतामाई गांउपालिकाको दमकल,जे.सि.वि.को सहयोग र साथमा स्थानीय जुटेर करिव डेढ घण्टा लगाएर आगो नियन्त्रण गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय