
आवरउदयपुर,मंसिर २३ । नेकपा ९एकीकृत समाजवादी०ले यही मङ्सिर २८ र २९ गतेका लागि सचिवालय बैठक बोलाएको छ ।
बैठकले राष्ट्रियसभाको आसन्न निर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवार बन्न मापदण्ड तय गर्ने लगायतका विषयमा छलफल गर्न सचिवालय बैठक बोलाएको हो । जु मापदण्डले पार्टीले उम्मेदवार छनोट गर्ने छ ।
सचिवालय बैठकले गर्ने निर्णयलाई स्थायी समिति र पोलिट्ब्यूरो सदस्यको बैठकले अनुमोदन गरेपछि कार्यान्वयन गरिने छ ।
बैठकमा प्रतिनिधिसभाको उपनिर्वाचनलगायत सबै तहका उपनिर्वाचनमा पार्टीका तर्फबाट आवश्यक तयारी, समन्वय र सहजीकरण गर्ने विषयमा छलफल गरिने महासचिव घनश्याम भुसालले जानकारी दिए ।