उदयपुर माघ २५
नेपाल कम्युनिस्ट पार्टी अन्तर्गत का भात्री संगठन अखिल नेपाल महिला संघ(अनेमसंघ )प्रचण्ड, माधब खेमा उदयपुरले केपी शर्मा वलीलाई जिल्ला प्रसाशन कार्यालय उदयपुर प्रमुख मार्फत ज्ञापन पत्र बुझाएको छ|२०७७ पौष ५ गते नेपालको संविधानको ठाडो उल्लघन गरि असंबैधानिक अलोकतान्त्रिक एवंम स्वेच्चाधारी ढंगबाट प्रतिनिधि सभा बिघटन गरि चालेको कदम प्रति तिब्र आपति सहित घोर भर्त्त्सना गर्दै ज्ञापन पत्र बुझाएको हो|
महिलाहरुको पनि ठुलो बलिदानीपूर्ण संघर्षबाट प्राप्त गरिएको एतिहासिक राजनैतिक परिवर्तन,संघिय लोकतान्त्रिक गणतन्त्र ,धर्मनिरपेक्षता,समानुपातिक समावेशिता सहितको नेपालको संविधानको रक्षा गर्न बर्तमान असंबैधानिक कदम र सबै प्रकारको प्रतिगामी षड्यन्त्र असफल पार्न र त्यसको लागि जस्तो सुकै संघर्ष गर्न पनि पछी नपर्ने पुर्व संसद हाल नेपाल कम्युनिस्ट पार्टी प्रदेश कमिटि सदस्य मणि खम्बु (रिवासी)ले बताउनु भयो|
शान्तिपूर्ण आन्दोलनमा महिला नेत्रित्व माथि पुरुष प्रहरी लगाएर दमनज्याजति गर्ने हर्कटहरू बढिरहेको र अस्थिर र अशान्तिले महिला हिंसालाई बढवा दिने साथै यस्ता कार्य तत्काल रोक्नुपर्ने अखिल नेपाल महिला संघ केन्द्रीय सदस्य समिक्षा मगरले जानकारी दिनु भयो
गाईघाट स्थित पिपल चौक मा भेला भएर पुर्व संसद मणि खम्बु (रिवासी ) अनेम संघ जिल्ला सल्हाहकार कमला राई ,अनेम संघ जिल्ला अध्यक्ष तथा केन्द्रीय सदस्य राधा खड्का,अनेम संघ केन्द्रीय सदस्य समिक्ष मगर,गंगा कार्की,जिल्ला सदस्य पशुपति लेखि,बिक्रमी चौधरी, रुपा तामांग लगाएतको उपस्थिति रहेको थियो|