आवरउदयपुर,मंसिर १८ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकार चीनसँग सहयोग लिन डराइरहेको बताएका छन् ।

सोमवार झुलाघाट–चिवाभञ्ज्याङ यात्राका क्रममा ओलीले दैलेखमा आठ राजनीतिक दलहरूले बुझाएको ध्यानाकर्षपत्र बुझ्दै उनले यस्तो बताएका हुन् । उनले चीन सरकारले कुनैपनि कुरामा नेपाललाई सहयोग गर्ने भनिरहँदा पनि अर्को शक्तिका कारण सरकार सहयोग लिन डराइरहेका बताएका हुन्

उनले राजनीतिक दलले अब राजनीतिक कुरा गरेर मात्र नभई विकासका लागि पनि राजनीति गर्नुपर्ने बताए ।

यस्तै उनले आयात मात्रै बढिरहेको र निर्यात घटिरहेकोमा चिन्ता व्यक्त गरे । अहिले भइरहेको निर्यात पनि नक्कली भएको भन्दै त्यसलाई रोक्न आफ्नै उत्पादन बढाएर निर्यात गर्नुपर्ने बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय