आवरउदयपुर, मंसिर १७ । कोशीका मुख्यमन्त्री केदार कार्कीले बिना विभागीय मन्त्रीहरुलाई जिम्मेवारी दिएका छन् ।

मुख्यमन्त्री कार्कीले आज (आइतबार) कांग्रेसबाट मन्त्री बनेका शमशेर राई, माअ‍ेवादी केन्द्रबाट मन्त्री बनेका गणेश प्रसाद उप्रेती र एकीकृत समाजवादीबाट मन्त्री बनेका कमल प्रसाद जबेगुलाई मन्त्रालयकाे जिम्मेवारी दिएका हुन् ।

जसमा राईलाई आन्तरिक मामिला तथा कानुन, उप्रेतीलाई पर्यटन, वन तथा वातावरण र जबेगुलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका जिम्मेवारी दिइएकाे छ ।

आर्थिक मामिला तथा योजना मन्त्रालय, उद्योग, कृषि तथा सहकारी मन्त्रालय, खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालय, सामाजिक विकास मन्त्रालय र स्वास्थ्य मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्री कार्कीले आफैसँग राखेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय