आवरउदपुर,मंसिर १३ । युद्धविरामको ५ औं दिनमा हमासले १० इजरायली र दुई थाई बन्धकहरूलाई रिहा गरेको छ ।

इजरायलले पनि ३० प्यालेस्टिनी बन्दीहरुलाई रिहा गरेको छ। तीमध्ये १५ महिला र १५ बालबालिका छन् ।

यो रिहाइमा पनि हमासले बन्धक बनाएका नेपाली विपिन जोशी भने परेका छैनन्।

हमासले युद्धविराम सुरु भएको पाँच दिनमा ८१ जना बन्धकहरूलाई रिहा गरेको छ। योसँगै इजरायलले आफ्नो जेलबाट १५० प्यालेस्टिनीलाई रिहा गरिसकेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय