
आवरउदयपुर,मंसिर ११ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।
हिजो तोलामा ६ सय रुपैयाँले बढेको सुनको मूल्य आज थप पाँच सय रुपैयाँ बढ्दै प्रतितोला एक लाख १७ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको छ ।
सुन हिजो प्रतितोला एक लाख १६ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै आज चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँ बढ्दै प्रतितोला एक हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।