आवरउदयपुर,कार्तिक २३ । नेकपा एमालेका पोलिटव्युरो सदस्य तथा वैचारिक नेता परशुराममेघी गुरुङ्गले प्रदेश संरचना वेगरको संबिधान औचित्य नरहने बताएका छन् । नेकपा एमाले जिल्ला कमिटी उदयपुरले बुधबार पार्टी कार्यालयमा आयोजना गरेको शुभकामना आदानप्रदान तथा कोसी प्रदेश कमिटीका निर्वाचित सदस्यहरुलाई बधाई तथा सम्मान कार्यक्रममा बोल्दै उनले संघीयताको रक्षा र कार्यान्वयनमा जुटन नेता कार्यकर्तालाई आग्रह गरेका हुन् ।
‘पछिल्लो समय कम्युनिष्ट नेताहरुबाटै प्रदेश संरचनाको खारेजीको आवाज भित्रभित्रै उठिरहेको छ, गुरुङ्गले भने, ‘यो विचारको खडेरी हो, त्यसैले संबिधान र संघीयताको बिरुद्धमा तपाई कार्यकर्ताले बोल्दा दश पटक अध्ययन गरेर मात्र बोल्नुस, यसलाई हल्का ढंगले नलिनुस ।
‘यदि, प्रदेश संरचना नै खारेजी हुने हो भने यो संबिधानको औचित्य छैन्, उनले भने, ‘यसलाई ख्याल–ख्याल नठान्नुस, बरु यसको रक्षा र कार्यान्वनतर्फ लाग्नुस । पार्टी प्रदेश कमिटीलाई लक्षित गर्दै नेता गुरुङ्गले भने, ‘संघीयता रंक्षाका लागि सरकारमा रहँदा एउटा विकल्प हुन सक्छ, तर प्रतिपंक्षमा रहँदा वहुविकल्प हुन्छन्, तसर्थ प्रतिपंक्षको भुमिकालाई वलियो बनाउँदै त्यसको अध्ययन र सदुपयोगमा जुटनुस ।
पार्टीको उदयपुर जिल्ला इन्र्चाजसमेत रहेका नेता गुरुङ्गले कार्यकर्तालाई निर्देशन दिँदै भने, संघीयता खारेजी गर्नु भनेको संबिधान खारेजी हो, यसो हुँदा हाम्रो पुस्ताले अर्को संबिधान पाउने अवश्था छैन्, जुन हाम्रो लागि घातक छ, त्यसैले प्रदेश संरचना र संबिधानविचको अन्तरसंम्बन्ध नबुझी जथाभावि नबोल्नुस ।
कार्यक्रममा बोल्दै कोसी प्रदेश कमिटीका नवनिर्वाचित अध्यक्ष घनश्याम खतिवडाले पार्टी भित्र दक्षिणपन्थी अवसरबाद र सांगठानिक अराजकता मौलाउँदै गएकाले यसको अन्त्यका लागि प्रदेश कमिटीले अभियान संचालन गर्ने बताए ।
उनले भने, ‘पार्टीको संरचना भित्र बस्ने, सबै गतिविधीमा संम्लग्न रहने, तर पार्टीको अन्तिम लक्ष्य निर्वाचनमा पुग्दा आफुले टिकट नपाएपछि अन्तरघात गर्ने जुन संस्कार भित्रिएको छ, त्यसको समुल अन्त्य गर्न चाहान्छौ । ‘टिकट नपाएसम्म लडाई गर्ने हो, तर एउटाले टिकट पाईसकेपछि नपाउनेले हराउन लाग्ने हैन्, यो पार्टीको कुनै पनि अनुशासन भित्र पर्दैन, अध्यक्ष खतिवडाले भने, ‘यो छुट कसैका लागि छैन्, मिहिन ढंगले अन्ययन गरेर त्यस्ता अराजकताको अन्त्य गर्छौ ।
उनले पुष्पलाल मध्यपहाडी लोकमार्ग कम्युनिष्टहरुको आन्दोलनसँग जोडिएकाले यो लोकमार्ग समयमा सम्पन्न गर्न र यसको महत्व दर्शाउन एमालेले अभियान सञ्चालन गरेको बताए । अभियानले सडक संजाल र सुबिधाको अभावमा पहाडबाट तराई बसाईसराई झर्ने जुन परम्परा देखिएको छ, त्यसको अन्त्य हुन्छ र लोकमार्गका जनतामा उत्साह छर्ने पार्टीको मुख्य योजना रहेको उनले बताए ।
खतिवडाले सिद्धान्तलाई व्यवहारमा कार्यान्वयन, अध्ययनलाई प्रयोग, सिपलाई सृजना र श्रमलाई उत्पादनसँग जोडन सकेमात्र एमालेको परिकल्पना सुखी नेपाली र समृद्ध नेपालको लक्ष्य पुरा हुने बताए ।
त्यसैगरी केन्द्रिय सदस्य तथा पालिका इन्र्चाज अम्बिका थापाले जनता प्रतिको नेकपा एमालेको उचाई र भरोसालाई सिध्याउन देशीविदेशी शक्तिहरु लागि परेकाले त्यसविरुद्ध एकताबद्ध हुन सबैलाई आग्रह गरे । उनले कहिले धर्म कहिले संघीयताको नाममा धमिलो पानीमा माछा मार्ने खेल भईरहेकाले त्यस्ता षडयन्त्रलाई परास्त गर्ने अभियानमा जुटनसमेत आग्रह गरिन् ।
कार्यक्रममा प्रदेश कमिटीका पदाधिकारी र सदस्यलाई बधाई दिँदै जिल्ला अध्यक्ष परमेश्वर घिमिरेले पार्टीलाई वलियो बनाउन मासिक तीन वटा कार्यक्रम अनिवार्य सञ्चालन गर्ने गरी कार्ययोजना बनाएको बताए ।
उनले जनतासँग पार्टीलाई लोकपृयता बनाउन कार्यकर्ताको आर्थिक रुपान्तरणका लागि उत्पादन, उद्योगसँग जोड्ने, संगठन निर्माणलाई तिव्रता दिने र कार्यकर्तालाई प्रशिक्षित गराउने गरी कार्ययोजना तयार भएको बताए । कार्यक्रममा प्रदेश कमिटीका उपाध्यक्ष टिका चेम्जोङ्ग, खेलकुद महासंघका केन्द्रिय अध्यक्ष पर्शुराम बस्नेत लगायतले बोलेका थिए ।