आवरउदयपुर,कार्तिक २० । राष्ट्रपति रामचन्द्र पौडेलले युरोप भ्रमण स्थगित गर्दै भूकम्प प्रभावित क्षेत्र जाजरकोट र रुकुम पश्चिम जाने निर्णय गरेका छन् ।

आफ्नो पूर्वनिर्धारित युरोप भ्रमण कार्यक्रम स्थगित गरेर राष्ट्रपति पौडेल मंगलबार भूकम्प प्रभावित क्षेत्रमा जान लागेका हुन् ।

भूकम्पकै कारण कात्तिक २३ देखि राष्ट्रपति पौडेलले फ्रान्स, इटली र जर्मनीको भ्रमण स्थगित गरेको राष्ट्रपतिका प्रेस सल्लाहकार किराण पोखरेलले जानकारी दिए ।

मन्त्रिपरिषदको गत कात्तिक १६ गतेको बैठकले ती मुलुककको भ्रमण स्वीकृत गरेको भोलिपल्टै जाजरकोट केन्द्रविन्दु भएर भूकम्प गएको थियो ।

नेपालले सन् २०४५ भित्र शून्य डिग्री कार्वन उत्सर्जनको महत्वाकांक्षी लक्ष्य राखेको सन्दर्भमा फ्रान्सका राष्ट्रपतिको निमन्त्रणामा यही नोभेम्बर ९ देखि ११ तारिखसम्म राष्ट्रपति पौडेलको पेरिसमा हुने पिस फोरम कार्यक्रममा सहभागी हुन त्यसतर्फ जाने कार्यक्रम थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय