आवरउदयपुर, कार्तिक १९ । जाजरकोट भूकम्पका पीडितको राहतका लागि राष्ट्रिय प्रजातन्त्र पार्टीले २५ लाख रुपैयाँ सहयोग गर्ने भएको ।

आइतबार बसेको राप्रपा पदाधिकारी बैठकले भूकम्पपीडितका लागि २५ लाख रुपैयाँ दिने निर्णय गरेको हो ।

बैंठकले पार्टीका संघीय सांसद तथा प्रदेश सभा सदस्यहरुको १ महिनाको तलब र पार्टीको तर्फबाट गरी २५ लाख रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्रदान गर्ने निर्णय गरेको पार्टी प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए ।

बैठकले भूकम्प प्रभावित क्षेत्रमा उद्धार कार्यमा पार्टीको तर्फबाट सहयोग गर्न जाजरकोटमा प्रतिनिधिसभा सदस्य ज्ञानेन्द्र शाहीको संयोजकत्वमा र रुकुम पश्चिममा सहायक महामन्त्री सौरेन्द्रबहादुर शाहको संयोजकत्वमा टोली खटाउने निर्णय गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर